२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

बजेट विनियोजनले सङ्घीयतालाई बलियो बनाउन सकेन : राज्यमन्त्री कुमारी

काठमाडौं, २ भदौ । बजेट विनियोजनले सङ्घीयतालाई बलियो बनाउन नसकेको शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारीले बताएकी छन् । आज काठमाडौंमा आयोजित राष्ट्रिय शिक्षा दिवस २०८० मूल समारोह कार्यक्रममा उनले राज्यले पिछडिएका वर्गहरूलाई अनुकूल हुनेगरी बजेट निर्माण गर्नुपर्नेमा जोड दिइन् ।

बजेट विनियोजनमा संविधान संशोधन हुन आवश्यक भएको उनको भनाइ छ । मन्त्री कुमारीले शिक्षा मन्त्रालयले पिछडिएका वर्गको हकमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।

उनले भनिन्, ‘शिक्षासम्बन्धी विकास हुनको लागि पिछडिएका वर्गहरूलाई अनुकूल हुनेगरी प्रकृयाहरू अगाडि बढाउनुपर्छ । निश्चित रूपले उहाँहरूले पनि राज्यमा समानुपातिक साझेदारी पाउनुपर्छ । त्यसका लागि शिक्षा मन्त्रालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । सङ्घीयतालाई मजबुत बनाउन शिक्षाको महत्वपर्ण भूमिका रहन्छ । शिक्षा मन्त्रालयअन्तर्गतको बजेट विनियोजनले सङ्घीयतालाई मजबुत बनाउन सक्दैन ।’

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com