२०८० मंसिर १२ - Tue Nov, 2023 -

Biz Suchana

२०८० मंसिर १२
Tue Nov, 2023

नियम उल्लंघन गरेको नबिल बैंकले तिर्यो साढे ६ करोड जरिवाना

नेपाल राष्ट्र बैंकले नियम पालनामा अब्बल मानिएको नविल बैंकलाई जरिवाना तिराएको छ । राष्ट्र बैंकले बनाएको नियम उल्लंघन गरेको भन्दै राष्ट्र बैंकले नविललाई साढे ६ करोड रुपैयाँ जरिवाना तिराएको हो ।

राष्ट्र बैंक स्रोतले दिएको जानकारी अनुसार नविलले नियम अनुसारको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) कायम नगर्दा यो जरिवाना तिर्नु परेको हो । अहिलेको व्यवस्था अनुसार बढीमा ९० प्रतिशतसम्म सिडी रेसियो पुर्याउन पाइन्छ ।

नेपाल राष्ट्र बैंकले मर्जर तथा एक्वीजीसनमा गएका बैंक तथा वित्तीय संस्थाहरुलाई भने सिडी रेसियो ९० प्रतिशतभन्दा बढी भएमा त्यसलाई व्यवस्थापन गर्न एक वर्षको समय दिने नीतिगत व्यवस्था चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत गरेको थियो । नविल बैंकले गत असार २७ गते नेपाल बंगलादेश (एनबी) बैंक अक्वायर गरेर एकीकृत कारोबार गरेको थियो ।

एनबीसँगको एकीकृत कारोबार गर्दा नविलको सिडी रेसियो ९० प्रतिशतभन्दा बढी भएमा त्यसलाई व्यवस्थापन गर्न थप एक वर्ष समय पाउनु पर्ने थियो । तर, राष्ट्र बैंकले भने एकीकृत कारोबार सुरु गर्नुअघि नै नविलको सिडी रेसियो ९० प्रतिशत नाघेको भन्दै जरिवाना तिराएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com