२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ५
Sat May, 2024

राष्ट्रिय सभा अन्तर्गतका दुई समिति बस्दै, संघीय संसद्को बैठक भोलि बस्ने

 

काठमाडौ, २५ साउन । राष्ट्रिय सभा अन्तर्गतका दुई समितिका बैठकहरू आज बस्दै छन् । दिगो विकास तथा सुशासन र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक संसद सचिवालय सिंहदरबारमा बोलाइएको हो ।

दिगो विकास तथा सुशासन समिति बैठकको दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा संकल्प प्रस्ताव कार्ययोजना अनुगमन उपसमितिबाट पेश भएको कार्यान्वयन कार्ययोजना, समितिको आर्थिक वर्ष २०८०र८१ को कार्ययोजनाका विषयमा छलफल हुनेछ ।

त्यस्तै, नीति अनुसन्धान प्रतिष्ठानबाट गरिएको दिगो विकास तथा सुशासन समितिको निर्देशन कार्यान्वयन अवस्थाको अध्ययन प्रतिवेदनका विषयमा पनि बैठकमा छलफल हुनेछ ।
रा
ष्ट्रिय सभाकै राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक भने बिहान ११ बजेका लागि बोलाइएको छ । तर, त्यस बैठकको अजेन्डाका विषयमा संसद सचिवालयले केही खुलाएको छैन ।

प्रमुख प्रतिपक्षी एमालेले संघीय संसदका दुबै सदन अवरोध जारी राखेका कारण आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक राखिएको छैन । बुधबारको बैठकमा पनि एमालेले त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करीको छानविन गर्न उच्चस्तरीय छानविन समितिको माग गर्दै संसद अवरुद्ध गरेको थियो ।

एमालेले दुबै सदनमा अवरोध जारी राखेपछि बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको हो । प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभा ११ बजेका लागि बोलाइएको छ ।

 

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com