२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ५
Sat May, 2024

राष्ट्रपति पौडेल आज जनकपुरधामस्थित जानकी मन्दिर जाँदै

काठमाडौं, ८ असोज । राष्ट्रपति रामचन्द्र पौडेल आज जनकपुरधामस्थित जानकी मन्दिर जाँदैछन् ।यसअघि स्थगित भएको कार्यक्रमलाई निरन्तरता दिंदै राष्ट्रपति पौडेल जानकी मन्दिर दर्शनका लागि जनकपुर जान लागेका हुन् ।

यसका साथै राष्ट्रपति पौडेलद्वारा जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको समुद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ । राष्ट्रपति पौडेल नेपाली सेनाको हवाईजहाजबाट बिहान पौने ९ बजे जनकपुर विमानस्थल पुग्ने कार्यक्रम रहेको छ ।

जनकपुर विमानस्थलमा राष्ट्रपति पौडेललाई मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मुख्यमन्त्री सरोज यादव, पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, सङ्घीय सांसद, नगरप्रमुख तथा सुरक्षा निकायका प्रमुखले स्वागत गर्ने छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com