२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ६
Sun May, 2024

एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं, २४ असार । प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण राष्ट्रिय सभा बैठक स्थगित गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै गत बुधबारदेखि सदन अवरुद्ध गर्दै आएको एमालेले आइतबार पनि निरन्तरता दिएको छ ।

आइतबार पनि बैठक सुरु भएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गरेलगत्तै एमालेका सांसद उठेर विरोध जनाए । यसपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समय दिएपछि बालेकी भगवती न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधिनताविरुद्ध बोलेकाले राजीनामा नदिएसम्म बैठक चल्न नसक्ने जानकारी दिइन् ।

उठेर विरोध जनाइरहेका एमाले सांसदहरुलाई अध्यक्ष तिमिल्सिनाले पटक पटक बस्न र बैठक सञ्चालनको वातावरण बनाउन आग्रह गरे । तर, उनीहरुले अस्वीकार गरे । यसपछि अध्यक्ष तिमिल्सिनाले सोमबार बिहान ११ बजेर १ मिनेटमा बस्नेगरी बैठक स्थगित गरे

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com