२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ५
Sat May, 2024

 युद्ध रोकिने अवस्था छैन, देश फर्कने मन छ, इजरायलबाट नेपाली विद्यार्थीको प्रधानमन्त्रीलाई पत्र

काठमाडौं, २२ असोज । इजरायलमा रहेका एक नेपाली विद्यार्थीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेख्दै उद्धारका लागि आग्रह गरेका छन् ।

गत शनिबारबाट हमासको आक्रमणमा परेको इजरायलमा रहेका नेपाली विद्यार्थी सुरज भण्डारीले भावुक पत्र लेख्दै युद्ध तत्काल रोकिने अवस्था नरहेकाले तत्काल उद्धार गरिदिन प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई विद्यार्थी भण्डारीले इजरायलबाट लेखेको पत्र  ः

श्रीमान प्रधानमन्त्रीज्यू, 
नेपाल सरकार
कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट स्नातक सकिने लागेका विध्यार्थीहरु (११४) जना अहिले हामी इजरायल र हमासको इन्दको चपेटामा फसेका छौँ । ११ महिनामा यस देशबाट केही सिप लिएर नेपाल फर्किएर नेपालमा केही गर्ने हाम्रो सपनाको संसार भत्किदै गइराखेको छ । हाम्रो आत्माबल घट्दै गइराखेको छ, हामी मानसिक तनावमा पुग्न आँटिसकेका छौं अब धेरै सोच्ने परिस्थिती पनि बाँकी रहेन ।

आकाशमा चरा उडेको देखेको हामी, आज मिसाईल र फाइटर प्लेन देख्नुपरेको छ । तिहारमा पटका खुशिका साथ रमाउदै हेरेका हामी आज आफू अगाडि बन्दुक पड्किराखेको देखेर त्रसित छौँ ।  बंकरमा लुक्यो भने बंकर भित्र नै छिरेर आक्रमण भइराखेको छ । हामी हाम्रा सुदुरपश्चिम विश्वविद्यालयका सहपाठी साथीको निधनले छाती चिरिएको छ । हामी स्तब्ध छौ, हमलामा पर्यो भने गोली निल्नेको अर्को विकल्प केही पनि छैन ।

लुकेर बसेका हामीहरु खाना र पानीको समस्यामा जुध्नुपरेको छ । नखाउँ भने भोक र प्यास लाग्छ, खाउँ भने बाहिर शौचालय जान डर लाग्छ । आक्रमण हावा, जमिन, जमिनमुनि सबैतिर भइराखेको छ । विभिन्न देशको समर्थनले गर्दा युद्ध यत्तिकै रोकिने अवस्था पनि छैन । यो युद्ध लामो छ । हामीलाई भर्खरै हाम्रो देश फर्कन मन छ ।आदरणीय प्रधानमन्त्रीज्यू, अबको हाम्रो आशा पनि तपाईँ नै हो, भरोसा पनि तपाईँ नै हो । यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन, हामीलाई हाम्रो देश आउने वातावरण मिलाईदिनुहोस हामी देशमा नै रमाउनेछाँै ।
हामी नेपालको ‘३’ विश्वविद्यालयबाट यहाँ छौ ।
१) कृषि तथा वन विज्ञान विश्वविद्यालय
२) त्रिभुवन विश्वविद्यालय
३) सुदुरपश्चिम विश्वविद्यालय
सँगसँगै यहाँ अन्य विद्यार्थीहरू र नेपाली नागरिक हुनुहुन्छ, छिटोभन्दा छिटो नेपालको सरकार र प्रधानमन्त्रीको प्रत्याभुति तपाईंले अवश्य गराउनुहनेछ । यो हाम्रो तपाईंप्रतिको विश्वास हो, यही विश्वासमा नै हाम्रो सास अडिएको छ ।
(युद्धको चपेटामा परेको नेपाली)  सुरज भण्डारी
कृषि तथा वन विज्ञान विश्वविद्यालय
(हाल ठेगाना)

– Kadesh Barnea, Israel

±972512825166

(नेपाली ठेगाना)
– अन्नपूर्ण गा.पा – २ कास्की)

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com