२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ६
Sun May, 2024

एनआईसी एसियाको ‘ग्रोथ फण्ड २’ नामक अर्को ‘म्युचुअल फण्ड’ निस्कासन

काठमाडौं । एनआईसी एसिया बैंकको ‘ग्रोथ फण्ड २’ नामक अर्को ‘म्युचुअल फण्ड’ आजदेखि निस्कासन गरिएको छ । दोस्रो बजारमै अधिकांश म्युचुअल फण्डको मूल्य १० रुपैयाँभन्दा तल झरेको अवस्थामा ‘एनआईसी एसिया ग्रोथ फण्ड २’ नामक म्युचुअल फण्ड निस्कासन गरिएको हो ।

म्युचुअल फण्डमा सर्वसाधारण लगानीकर्ताले छिटोमा मंसिर ७ गतेसम्म र ढिलोमा १८ गतेसम्म आवेदन दिन सक्ने छन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ कम्पनीले यो योजनालाई ‘ए माइनस’ रेटिङ प्रदान गरेको छ । यसले योजनाको लगानीमा कम जोखिम रहेको जनाउँछ ।

प्रतिइकाइ १० रुपैयाँका दरले न्यूनतम १०० इकाइका लागि अर्थात् १ हजार रुपैयाँ आवेदन दिन सकिन्छ । ८ करोड ५० लाख इकाइ सर्वसाधारण तथा संघसंस्थाका लागि सोमबारदेखि निस्कासन भएको छ । सीडीएससीको अनलाइन प्रणाली मेरोसेयरबाट यसमा आवेदन दिन सकिन्छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com