१ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति?

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज(शुक्रबार)का लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ। सार्वजनिक मूल्य अनुसार आज छापावाला सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ।
महासंघका अनुसार आज तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ। त्यस्तै, आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेर १ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ।
महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यका आधारमा दैनिक कारोबार मूल्य तोक्दैआएको छ।