२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख १७
Mon Apr, 2024

बक्स अफिसमा फिल्म ‘आदिपुरुष’ प्याक अप

काठमाडौ, १२ असार । बलिउडको बहु प्रतिक्षित फिल्म ‘आदिपुरुष’ रिलिज भएदेखि नै हंगामा मच्चिएको थियो । यस फिल्मका निर्मातामाथि धार्मिक भावनामा चोट पुर्‍याएको आरोप लागेको छ । बढ्दो विवादलाई देखेर निर्माण पक्षले चलचित्रका संवादहरू परिवर्तन गरेका छन् र थ्रीडी टिकटको मूल्यसमेत घटाएका छन तर पनि ‘आदिपुरुष’ले गति लिन नसकेको र दिनप्रतिदिन आम्दानीमा ह्रास आएको छ ।

योसँगै फिल्मको ११ औं दिन अर्थात दोस्रो सोमबारको कमाईको प्रारम्भिक तथ्यांक पनि आएको छ, जसले ठूलो झट्का दिनेछ । सैकनिल्क को प्रारम्भिक ट्रेन्ड रिपोर्ट अनुसार ‘आदिपुरुष’ ले रिलिज भएको ११ औं दिन अर्थात दोस्रो सोमबार मात्रै करिब २ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको छ । जससँगै फिल्मको कुल कलेक्सन २७७।७५ करोड पुगेको छ ।

‘आदिपुरुष’को आम्दानीमा दिनप्रतिदिन ठूलो गिरावट हुदाँ रिलिजको ११ औं दिनमा यसले अहिलेसम्मकै न्यून कलेक्शन हो । यस्तो अवस्थामा अहिले बक्स अफिसमा आदिपुरुषको प्याक अप भएको छ भने ३०० करोडको क्लबमा सामेल हुन पनि निकै गाह्रो भएको स्पष्ट भएको छ । अचम्मको कुरा के छ भने ६ सय करोडको ठूलो बजेटमा बनेको ‘आदिपुरुष’ ले आफ्नो लागत पनि निकाल्न सकेको छैन ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com