माइतीघर मण्डलमा एकजना व्यक्तिले गरे आत्मदाह प्रयास

काठमाडौं, ३० जेठ । काठमाडौंको माइतीघर मण्डलमा एकजना व्यक्तिले आत्मदाह प्रयास गरेका छन्।नागरिकता विधयेकको माग गर्दै आन्दोलनका क्रममा धर्ना बसेका व्यक्तिले जिउमा पेट्रोल खन्याएर आगो लगाएका थिए।
उनले धर्ना बसेकै ठाँउमा आफूलाई जलाएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । आम्दाह गर्ने प्रयासमा घाइते भएका ती व्यक्तिलाई तुरुन्तै अस्पताल लगिएको थियो ।नागरिकताविहीन निरज नामका ती व्यक्तिको अवस्था खतरामुक्त रहेको प्रहरीले बताइएको छ।