२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

एमाले बागमती प्रदेश अधिवेशनः अध्यक्षमा ढुंगेल र दाहालबीच प्रतिस्पर्धा

 

काठमाडौं, १२ असोज । नेकपा एमाले बागमती प्रदेश कमिटीको भावी नेतृत्वका लागि आज मतदान हुँदैछ । अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराए पनि तीनजनाले उम्मेदवारी फिर्ता लिए पछि आज निर्वाचन हुन लागेको हो । निर्वाचन च्यासल, ललितपुरस्थित पार्टी केन्द्रिय कार्यालयमा हुनेछ ।

अध्यक्षका लागि रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, सानुकुमार श्रेष्ठ र केशव पाण्डेले उम्मेदवारी दर्ता गराएको थिए । तर, अब ढुंगेल र दाहाल बिच मात्रै प्रतिस्पर्धा हुने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार ढुंगेलको प्रस्तावकमा आनन्दकुमार श्रेष्ठ र समर्थकमा बचन देउजा छन् भने मकवानपुरका दाहालको प्रस्तावकमा हिदम लामा र समर्थकमा देवकृष्ण विकल रहेका छन ।

विद्युतीय मतदानवाट नेतृत्व चयन गर्न लागेको बागमती एमालेले असोज ११ गते बिहीबार बिहान ११ बजेबाट मात्रै मतदान सुरु गराउने भनिएको थियो । तर, सहमतिको प्रयासका लागि हिजो मतदान गराएको थिएन । जारी अधिवेशनमा ११७४ जना मतदाता रहेका छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com