२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

प्रधानमन्त्रीको आग्रहमा संसद बैठक दुई घण्टा पछि सारियो

काठमाडौं, २४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा आइतबार दिउँसो डाकिएको प्रतिनिधिसभाको बैठक सारिएको छ । प्रधानमन्त्री प्रचण्डको आग्रहमा आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अपरान्ह ३ बजे बस्नेगरी सभामुख देवराज घिमिरेले सारेको सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।

‘प्रधानमन्त्रीको अनुरोधमा सभामुखले १ बजेका लागि तय गरेको बैठक दुई घण्टापछि सार्नुभएको छ,’ उनले भने । प्रधानमन्त्री प्रचण्डले टेलिफोन गरेर बैठकको समय सार्न अनुरोध गरेपछि सभामुख घिमिरेले दुई घण्टापछि बस्नेगरी सारेका हुन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com