२०८० फाल्गुन ८ - Tue Feb, 2024 -

Biz Suchana

२०८० फाल्गुन ८
Tue Feb, 2024

नेसनल हाइड्रोपावरले हकप्रद सेयरको बुक क्लोज मिति तोक्यो

काठमाडौ, २४ जेठ । नेसनल हाइड्रोपावर कम्पनीले हकप्रद सेयरको लागि बुक क्लोज मिति तोकेको छ । आज बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १ असारमा बुक क्लोज गर्ने निर्णय गरेको छ ।

तसर्थ, जेठ ३२ गतेसम्म कायम सेयरधनीले कम्पनीले जारी गर्न लागेको ५० प्रतिशत हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले १०ः५ अनुपातमा ८२ करोड २१ लाख ४५ हजार ९७१.७८ रुपैयाँ बराबरको ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले हाल कायम १ अर्ब ६४ करोड ५५ लाख १६ हजार रुपैयाँ चुक्ता पुँजीमा हकप्रद बिक्री गर्न लागेको हो । यसमा मुक्तिनाथ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

कम्पनीले हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डमा अनुमति दिएको छ । अब बोर्डबाट हकप्रद सेयर बिक्री अनुमति पाएपछि कम्पनीको हकप्रद निष्कासन प्रक्रिया अघि बढ्नेछ ।

 

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com