२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

आजको विदेशी मुद्राको विनिमय दरः पाउन्ड स्टर्लिङको भाउ १६६ रूपैयाँ नाघ्यो

काठमाडौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३०.९६ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.५६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.६३ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.२८ रुपैयाँ रहेको छ ।

हिजो अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ९६ पैसा र बिक्रीदर १३१ रूपैयाँ ६५ पैसा रहेको थियो भने युरो एकको खरिद दर १४२ रूपैयाँ २९ पैसा र बिक्री दर १४२ रूपैयाँ ९४ पैसामा कारोबार भएको थियो ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६.४८ रुपैयाँ रहेको छ भने बिक्री दर १६७.२५ रुपैयाँ कायम गरेको राषट्र बैंकले अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८७ रुपैयाँ ४६ पैसा र बिक्रीमूल्य ८७ रुपैयाँ ८६ पैसा तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७९ पैसामा कारोबार गर्ने अनुमति दिएको थियो ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ११ पैसा र बिक्रीदर ९ रुपैयाँ १६ पैसा, दक्षिण कोरिया १०० को खरिदमा १० रूपैयाँ १ पैसा र बिक्रीदर १० रूपैयाँ ५ पैसामा कारोबार हुनेछ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९४ पैसा र बिक्री दर ३६ रूपैयाँ ११ पैसा रहेको जनाएको राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८.०० रुपैयाँ रहेको छ भने बिक्री दर २८.१३ रुपैयाँ तथा साउदी रियाल एकको खरिद दर ३४.९२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.०८ रुपैयाँमा कारोबार गर्न अनुमति दिएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com