२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

संसद नचल्नुमा सरकार र प्रतिपक्ष दुबै दोषी छन् : शेखर कोइराला

काठमाडौ, ३ भदौ । संसद नचल्नुमा सरकार र प्रतिपक्ष दुबै दोषी रहेको नेपाली कांग्रेसका नेता शेखर कोइरालाले टिप्पणी गरेका छन् । आजका लागि बोलाइएको संसद बैठकमा भाग लिन संसद भवन पुगेका उनले सूचना निकालेर बैठक स्थगित गरिएपछि सञ्चारकर्मीसंग सत्ता पक्ष अझैबढी जिम्मेवार बन्नु पर्ने बताएका हुन् ।

उनले भने ‘दुनियाँको नियम हो संसदीय व्यवस्थामा प्रतिपक्षले सत्तापक्षलाई अट्याक गर्ने गालि गर्ने । सत्तापक्षले पनि प्रतिपक्षले चल्न दिएन भन्ने । तर म के भन्दैछु भने हामी दुइटै दोषी हौँ भन्ने ।’

उनले संसद नचल्दा राष्ट्रलाई नै गम्भीर घाटा हुने बताए । ‘यो नेशनको कुरा हो । देशको कुरा हो । राष्ट्रको कुरा हो । संसद चल्नु पर्छ ।संसद चल्न सरकार र पार्टीमा जिम्मेवारी लिएर बसेका मान्छेले जिम्मेवारीपूर्वक प्रयास गर्नु पर्ने उनको तर्क छ । ‘म एउटा सांसद हो नेपाली कांग्रेसको हाम्रो सभापतिजी संसदीय दलको नेता हो । उहाँले कोर्डिनेट गर्ने कुरा हो । सरकारले कोर्डिनेट गर्ने कुरा हो । हामीहरु त आउँछौ । यी यस्तै भइराख्या छ । ’

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com