२०८१ बैशाख २९ - Sat May, 2024 -

Biz Suchana

२०८१ बैशाख २९
Sat May, 2024

जोशी हाइड्रोपावरले बोलायो एजीएम

काठमाडौ, २१ भदौ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले अघिल्लो आर्थिक वर्ष (२०७/७९) को वार्षिक साधारण सभा भदौ ३१ गते बोलाएको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०.६५ अनुपात (६५प्रतिशत ) मा हकप्रद सेयर निष्कासन गर्ने मुख्य प्रस्ताव सभामा पेश गर्ने भएको छ ।

हकप्रद निष्कासनपश्चात पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । साधारण सभामार्फत संस्थापक समूहबाट जना १ र सर्वसाधारण समूहबाट पनि १ जना गरी कुल २ जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा गरेको छ । सभा लिसारा बेंक्वेट हल, नक्साल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

साधारण सभा प्रयोजनका लागि भदौ १८ गते बुक क्लोज हुने भएकाले भदौ १७ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् । हाल जोशीको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ । उक्त पुँजीमा प्रस्तावित ६५ प्रतिशत हकप्रद सेयर जारी भएमा चुक्ता पुँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ ।


समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com