संसद बैठक बस्दै : आजदेखि बजेटमाथी छलफल सुरु

काठमाडौं, २१ जेठ। संघीय संसदका दुबै सदनको बैठक आज बस्दैछ । जसअनुसार प्रतिनिधिसभाको बैठक र राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्ने छ । गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०८०–८१ को बजेट माथी आजबाट छलफल सुरु हुँन लागेको हो ।
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८०–०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ ।
यस्तै, बैठकमा विभिन्न शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ । यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा गैरजिम्मेवार र राष्ट्रहित विपरित अभिव्यक्ति दिएकोप्रति संसदमा जवाफ माग गर्ने भएको छ ।