२०८० मंसिर २३ - Sat Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २३
Sat Dec, 2023

यस्तो छ आजको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज(शुक्रबार)को लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०५ पैसा कायम भएको छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६२ रुपैयाँ १२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ४६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ०७ पैसा, युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७० पैसा र क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४७ पैसा निर्धारण गरिएको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ९२ पैसा र विक्रीमा ९ रुपैयाँ ९६ पैसा र चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा रहेको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३५ रुपैयाँ १८ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९५ पैसा, मलेसियन रिंगिट एकको खरिदमा २९ रुपैयाँ ७२ पैसा र बिक्रीमा २९ रुपैयाँ ८६ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com