२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ५
Sat May, 2024

सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको : मन्त्री राई

काठमाडौं, २७ असोज । सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताएका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले छन् । शनिबार शिवपुरी माध्यामिक विद्यालयको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले अर्थतन्त्र कमजोर अवस्थामा रहेको भन्दै आउने दिनमा शिक्षामा लगानीलाई अभिवृद्धि गर्न सरकारले सर्तकता पूर्वक र आवश्यकतालाई गम्भीरतापूर्वक आत्मासाथ गरेर अगाडि बढ्नुपर्ने बताए।

उनले भने, ‘शिक्षा आफैमा विकास हो । सडक विजुली चाँहि विकासको पूर्वाधार र शिक्षा चाँहि आफै विकास पूर्वाधारको पनि पूर्वाधार । त्यसैले शिक्षामा गरिने लगानीलाई भएको बजेटबाट कति प्रोत्साहन गर्न सकिन्थ्यो होला तर हाम्रो अर्थतन्त्रको कमजोर अवस्था छ । आउने दिनमा शिक्षामा लगानीलाई अभिवृद्धि गर्न सरकारले सर्तकता पूर्वक आवश्यकतालाई गम्भीरतापूर्वक आत्मासाथ गरेर अगाडि बढ्नुपर्छ ।’

उनले अर्थतन्त्र सुदृढ भयो भने स्वत शिक्षामा लगानी बढ्ने भन्दै अर्थतन्त्र सुदृढ गर्नुपर्ने बताए । मन्त्री राईले अहिले विज्ञान र प्रविधिको विकासले शिक्षाको भाष्य, शिक्षण प्रकृयाहरू परिवर्तन भएको उल्लेख गरे।

‘अर्थतन्त्र सुदृढ भयो भने सरकारले शिक्षामा निश्चय रुपमा लगानी नगर्ने कुरा नै छैन् । अहिले विज्ञान र प्रविधिको विकासले प्रगतिले शिक्षाको भाष्य पनि फेरिने अवस्था भएको छ । शिक्षणको प्रकृया पनि फेरिदै गएको छ ।’ उनले भने ‘ शिक्षाका भाषा परिभाषाहरू मान्यताहरू धेरै फेरिएर आएछन् । पहिले पढ्न प्रोत्साहन हुँदैनथ्यो अहिले हलो जोत्नुपर्ने शिक्षाको अभिन्न विषयवस्तु रहेछ ।’

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com