राष्ट्रपतिको निर्वाचन फागुन २५ गते गर्ने निर्वाचन आयोगको निर्णय

नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन आयोगले निर्वाचनको मिति तय गरेको छ । राष्ट्रपति चयनका लागि आगामी फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेगरी निर्वाचनको मिति तय गरेको हो।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त निर्णयका आधारमा आयोगले आज (सोमबार) नै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए। वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ।
आयोगले आजै नेपाल सरकारका मुख्य सचिव मार्फत नेपाल सरकार मन्त्रिपरिषद्लाई लेखी पठाउनेछ।