२०८१ जेष्ठ ८ - Tue May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ८
Tue May, 2024

भुकम्प पीडितलाई ५० लाख दिने नेपाली कांग्रेसको घोषणा

काठमाडौं। नेपाली कांग्रेसले भूकम्प पीडितहरुको उद्धार, राहत र पुनस्र्थापनाका लागि सरकारलाई पचास लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भएको घटनाले समस्त नेपालीलाई मर्माहत र दुखी बनाएको जनाएको छ ।यस समयमा सरकार, राजनैतिक दलहरु, संघ–संस्था सबै एक भएर यो विपत्तिको सामना गर्न नेपाली कांग्रेस सबैमा अपील गरेको छ ।

‘यसैक्रममा भूकम्प पीडितहरुको उद्धार, राहत र पुनस्र्थापनाका लागि नेपाली कांग्रेसले रु. ५०,००,०००।– ९पचास लाख० नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरिएको छ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलद्धारा जारी बिज्ञप्तिमा भनिएको छ, ‘स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न नेपाली कांग्रेस अपील गर्दछ ।’

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com