२०८१ जेष्ठ ४ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ४
Fri May, 2024

यस्ता छन् रायोको साग खानुका फाइदाहरु

काठमाडौं । रायोको साग हरेक मौसममा पाइने साग हो । बारीमा रायोको साग सजिलै उब्जाउन सकिन्छ । सायोको सागलाई तरकारीको रुपमा मात्र नभएर औषधीको रुपमा पनि प्रयोग गर्न सकिन्छ । राउोको साग मन नजराउँने मानिस सायद कमै होलान् । यो साग धेरैलाई मा पर्छ र यो खानुका पनि धेरै फाइदाहरु रहेका छन् ।

साग खाँदा भिटामिन पाइन्छ भन्ने पनि सबैलाई थाहा भएकै कुरा हो । बिशेष गरि यो मौसममा रायोको साग जताततै पाईन्छ । रायोका साग बढी पोषणयुक्त तरकारीमा रायो पर्छ। यो स्वास्थ्यका दृष्टिले पनि अत्यन्त फाइदाजनक हुन्छ । रायोको साग खानुका फाइदाहरुरहेका छन् ।

रायोको सागमा भिटामिन ए प्रशस्त मात्रामा पाइने भएकाले रतन्धो, बाथ, आदिबाट बचाउँन मदत गर्दछ ।

रायोको सागमा पाइने फोलिक र म्याग्नेसियमले मानव शरीरमा रहने विभिन्न अनावश्यक वस्तुलाई बाहिर निकाल्ने गर्छ ।

रायोको सागमा भिटामिन के प्रचूर मात्रामा पाइने हुनाले यो साग गर्भवतीका लागि अत्ति उत्तम मानिन्छ ।

जाडोमा बाथका रोगीलाई हड्डी र गोडा दुख्ने समस्या हुने भएकाले रायोको साग सेवन गर्नु पर्छ । किनभने यसमा पाइने कपरले यस्तो समस्याबाट बचाउँदछ ।

रायोको सागमा भिटामिन सी पनि पाइने भएकाले रुघाखोकी लागिरहने व्यक्तिलाई पनि फाईदा पुर्याउदछ ।

रायोको सागको नियमित सेवन गर्नाले पिसाबनलीमा हुने पत्थरीलाई र क्यान्सरको जोखिमबाट बच्न सकिन्छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com