२०८१ बैशाख ३१ - Mon May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३१
Mon May, 2024

विदेशी मुद्राको विनिमय दरः घट्यो युरोको भाउ

काठमाडौं, ४ असार ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ८० पैसा र बिक्री दर १३१ रूपैयाँ ४० पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ २९ पैसा र बिक्री दर १४३ रूपैयाँ ६९ पैसा रहेको छ।  हिजो डलरको खरिद दर १३० रूपैयाँ ८० पैसा र बिक्रीदर १३१ रूपैयाँ ७९ पैसा रहेको थियो । आज पनि सोही मुल्य रहेको छ ।

उता, युरो एकको खरिद दर १४४ रूपैयाँ २९ पैसा र बिक्री दर १४४ रूपैयाँ ७८ पैसा रहेको थियो । युरो खरिद दर १ रूपैयाँ र बिक्रीदरमा १ रूपैयाँ ९ पैसाले युरेको भाउ घटेको छ ।

अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८९ रुपैयाँ ९७ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ ३८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ११ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५६ पैसा रहेको छ ।

 यसैगरी,जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २२ पैसा र बिक्रीदर ९ रुपैयाँ २६ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६७  रूपैयाँ २९ पैसा र बिक्री दर १६८  रूपैयाँ ०६ पैसा, दक्षिण केरीया १०० को खरिदमा १० रूपैयाँ  २४ पैसा र बिक्रीदर  १० रूपैयाँ २९ पैसा रहेको छ।

 त्यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८७ पैसा र बिक्री दर ३६ रूपैयाँ ०४ पैसा रहेको जनाएको राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८.३५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४८ रुपैयाँ, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ८८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ०४ पैसा तोकिएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com