२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

सर्लाहीमा बाढीका कारण दुईजनाको मृत्यु

काठमाडौं, २४ साउन । सर्लाहीमा बाढीका कारण दुईजनाको मृत्यु भएको छ । भारी वर्षाका कारण आएको बाँके खोलाको बाढीले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरीको मृत्यु भएको हो ।

यस्तै सर्लाहीको बरहथवा नगरपालिकास्थित हजरियामा बागमती नदीमा आएको बाढीले बगाउँदा रौतहटको गढीमाई नगरपालिका–२ समनपुरका ६५ वर्षीय सहिद राईन भाटको मृत्यु भएको हो । उनलाई खेतमा काम गर्न जाने क्रममा बागमतीले बगाएको थियो । तत्कालै स्थानीयले उद्धार गरी अस्पताल पुर्‍याएका पनि उनलाई चिकित्सकले मृत घोषणा गरे ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com