२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

“सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार”

काठमाडौं । नेपालमै प्रतिष्ठित र सर्वाधिक रुचाइएको डेरी ब्राण्ड सीताराम गोकुल मिल्क्स प्रा. लि. ले बडादशैं, दिपावली र छठ पर्वको उपलक्ष्यमा ल्याएको “यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार” योजनाको विजेताहरुको घोषणा भएको छ ।

मंसिर १८ गते सोमबार सीतारामको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण समेत गरिएको लक्की ड्र मार्फत बिजेताले प्रथम पुरस्कार स्वरूप हाइसेन्स मल्टीडोर फ्रिज प्राप्त गरेका छन् ।
साथै सोही लक्की ड्र मार्फत दोस्रो र तेस्रो पुरस्कारका विजेताहरु पनि घोषित भएका छन् । दोस्रो पुरस्कारका रूपमा हाइेन्स ५० इन्च टिभी रहेको छ भने तेस्रो पुरस्कारमा हाईसेन्स वासिङ मेसिन रहेको छ ।

यस अतिरिक्त २० जनाले सान्त्वना उपहारका रूपमा इन्डक्सन, हिटर, वाटर हट पट प्राप्त गरेका छन् । बिजेताहरुको सम्पूर्ण विवरण सिताराम दुघको आधिकारिक फेसबुक पेजमा हेर्न सकिनेछ । उक्त कार्यक्रमको संचालन चर्चित हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ ले रेका थिए । उक्त कार्यक्रममा अतिथिका रुपमा रतन लाल केडिया, सुमित केडिया र रचित केडियाको उपस्थिति रहेको थियो । उनीहरूले सीतारामको तर्फबाट सबै विजेताहरूलाई बधाई पनि ज्ञापन गरे ।

उत्कृष्ट र गुणस्तरीय डेरी उत्पादनद्वारा ग्राहक वर्ग माझ एक विशिष्ट पहिचान बनाएको सीतारामले नेपालीहरूको महान चाड दशैं, तिहार र छठलाई लक्षित गरि “यसपालि सीता रामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार” नारा सहित यो योजना जारी गरेको थियो । यस योजना अन्तर्गत सीतारामका दूधजन्य उत्पादन खरिद गर्दा ग्राहकहरूले एउटा कुपन पाएका थिए । यही कुपनको आधारमा सोमबारका विजेता घोषणा भएका हुन् ।

सीताराम गोकुल मिल्क्स प्रा. लि.ले विगत २८ वर्ष देखि दूध तथा दूधजन्य उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । सीतारामले दूध, दही, घिउ, बटर, पनिर, फ्लेबर मिल्क, लस्सी लगायत अन्य दूधजन्य उत्पादनहरू ग्राहकहरूलाई उपलब्ध गराउँदै आएको छ । सीतारामका उत्पादनहरू उच्च गुणस्तरका हुनुको साथै ग्राहक स्वास्थ्यलाई मध्यनजर गर्दै राम्रो प्याकेजिङ् मा पनि उपलब्ध गराइन्छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com