२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ५
Sat May, 2024

एमसीसीको औपचारिक कार्यान्वयनले रोकियो समाजवादी मोर्चाको धनगढी सभा

काठमाडौं, १३ भदौ । समाजवादी मोर्चाले आज धनगढीमा गर्ने भनिएको सन्देश सभा अन्तिम समयमा आएर स्थगित भएको छ । अमेरिकन सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को औपचारिक कार्यान्वयन हुने दिनमा आयोजना गरिएको सो सभा अन्तिम समयमा स्थगित गरिएको हो ।

शीर्ष नेताहरूको कार्यव्यस्तताले आजका लागि तय गरिएको सभा स्थागित गरिएको छ,’ नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले भने,‘त्यहाँको कार्यक्रम नेताहरूले आपसी परार्मशमा तय गर्नुहुनेछ ।’

भदौ ८ गते वीरगन्जबाट सुरु भएको मोर्चाको प्रदेश स्थतरियसभा भोलि अर्थात भदौ १४ गते कर्णालीको सुर्खेत, १५ गते गण्डकीको पोखरा, २३ गते बागमतीको हेटौँडा, २५ गते कोशीको विराटनगरमा हुनेछ । यसअघि हिजो उनीहरुले बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सभा भएको थियो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com