२०८० मंसिर १७ - Sun Dec, 2023 -

Biz Suchana

२०८० मंसिर १७
Sun Dec, 2023

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको भोलि संसदीय सुनुवाइ हुँने

काठमाडौं, ३१ जेठ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको बिहीबार अन्तिम संसदीय सुनुवाइ हुँने भएको छ । बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतको संसदीय सुनुवाइ समिति बैठकले बिहीबार प्रस्तावित प्रधानन्यायाधीश कार्कीलाई सुनुवाइका लागि बोलाउने निर्णय गरेको हो ।

बुधबार उजुरीकर्ताहरुसँग छलफल गरेको समितिले बिहीबार कार्कीलाई बोलाउने निर्णय गरेको हो । बिहीबार कार्कीलाई आफूमाथि लागेको आरोपबारे प्रष्टीकरण गर्न र आफ्नो कार्ययोजना प्रस्तुत गर्न दिइनेछ ।

संसदीय समितिले सुनुवाइपछि नाम अनुमोदन गरेमा राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । जसअनुुसार बिहीबार समितिले उनको नाम अनुमोदन गरेमा प्रधानन्यायाधीश हुने बाटो खुला हुनेछ । आगामी साउन २० गतेबाट कार्कीले अनिवार्य अवकाश पाउँदैछन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com