२०८१ जेष्ठ ४ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ४
Fri May, 2024

भद्रकुमारी घले सेवा सदनमा चल्यो काठमाडौं महानगरको डोजर

काठमाडौं, ३ साउन । काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदन खाली गराउन डोजर चलाइरहेको छ । सार्वजनिक जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगर प्रहरीले उक्त भवन खाली गराउन बुधबार डोजर चलाएको हो । यसअघि महानगर प्रहरीले भवन खाली गर्न सूचना दिएको थियो ।

तीन दिनअघि उक्त भवन खाली गर्न आग्रह गर्दा पनि नटेरेपछि आज नगरप्रहरीले डोजर चलाएको हो । भद्रकुमारी घले सेवा सदनमा बसेका असहाय अशक्त वृद्धवृद्धाहरुलाई मानव सेवा आश्रममा पठाइने नगरप्रहरी प्रमुख राजु पाण्डेले बताए ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com