२०८१ बैशाख २० - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २०
Thu May, 2024

मह खानुका चमत्कारी फाईदाहरु निम्नप्रकार छन्

काठमाडौं । महमा जुनसुकै औषधिसँग मिलेर काम गर्न सक्ने गुण हुन्छ । यसको प्रयोग विभिन्न रोगमा प्रभावकारी मानिन्छ ।मह उचित तरिकाले खान जानेमा शरिरका लागी निकै लाभदाई मानिन्छ । महले व्यक्तिको स्मरण शक्ति बढाउँछ । यसको प्रयोग विभिन्न रोगमा प्रभावकारी मानिन्छ । अल्सरका रोगीका लागि मह प्रभाकारी औषधि नै मानिन्छ । । आयुर्वेदमा मात्र नभएर एलोपेथिक उपचार पद्धतिमा समेत महलाई गुणकारी औषधिका रुपमा मान्यता दिइएको छ महिलाले सेवन गर्दा घटेको यौन क्षमता पुनः जागृत भएर आउँछ । यौन क्षमतालाई बचाइराख्न पनि मह खानुपर्छ ।मह खादाका फाइदाहरु निम्न प्रकारका छन–
१ अदुवाको रसमा या काढामा मह मिसाएर खानाले खोंकि सन्चो हुन्छ ।
२ पाकेको आँपको रसमा मह मिसाएर जोण्डीसको रोगीलाई खुवाउनाले लाभ हुन्छ । बच्चालाई चीनी चीनीको ठाउँमा मह दिन सकिन्छ ।
३ बान्ताको समय पुदीनाको रसको साथमा महको प्रयोग लाभकारी हुन्छ ।
४ शुष्क त्वचामा मह, दूधको तर क्रीम र बेसन मिसाएर लगाउने । यसले त्वचाको शुष्कता हटाउंछ र लावण्यता प्राप्त हुन्छ ।
५ एक गिलास दूधमा मह मिसाएर राती पीउनाले दुब्लोपन हटेर शरीर सुडौल, पुष्ट र बलशाली बन्छ ।
६ मह नित्य सेवन निल आमाशय र आँतलाई बल प्रदान गर्छ ।
७ प्याजको रस र मह बराबर मिसाएर चाट्नाले कफ निस्कन्छ र आंतमा जमेको विजातीय द्रव्यहरु हटाएर नष्ट गर्छ । यसलाई पानीमा घोलेर एनीमा लिनाले लाभ हुन्छ ।
८ हृदयको धमनीको लागि मह बडो शक्तिवद्र्धक हुन्छ । सुत्ने बेला मह र कागतीको रस मिसाएर एक ग्लास पानी पीउनाले कमजोर हृदयमा शक्तिको सञ्चार हुन्छ ।
९ पेटको स्यानो स्यानो घाउ र शुरुवातको स्थितिको अल्सर महलाई दूध वा चियाको साथमा पिउनाले ठीक हुन सक्छ ।
१० सुख्खा खोकिमा मह र कागतीको रस बराबर सेवन गर्नाले लाभ हुन्छ ।महले मांसपेशिहरु बलवती हुन्छ । बढेको रक्तचापमा महको सेवन लहसुनको साथ गर्नु लाभप्रद हुन्छ ।
१३ अदुवाको रस र मह बराबर मात्रामा मिसाएर चाटेर खानाले श्वास कष्ट टाढा हुन्छ र बाडुली पनि बन्द हुन्छ । सुन्तलाको बोक्रालाई सुकाएर धुलो चूर्ण बनाएर दुई मह चम्मच त्यसमा फीटेर तयार गरेर छालामा दल्ने । यसले छाला चम्कीन्छ र कान्छाउँछ । कब्जियतमा गोलभेडा वा सुन्तलाको रसमा एक चम्मच मह हालेर खानाले लाभ हुन्छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com