२०८१ जेष्ठ ७ - Mon May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ७
Mon May, 2024

माछापुच्छ्रे बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । माछापुच्छ्रे बैंकको संस्थापक शेयर बिक्री रहेको छ । बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न लागेका हुन् । बैंकको संस्थापक सेयरधनी इन्दु कुमारी कार्कीले ६२ हजार १६५ कित्ता सेयर बिक्री गर्न लागेकी हुन् । उनको नाममा रहेको सेयर बिक्री गर्न यसअघि नै सूचना जारी गरेको थियो ।

संस्थापक सेयरधनीले माग अनुसार सेयरमा आवेदन नदिएपछि पुनः आवेदन माग गरिएको छ । उक्त सेयरमा आवेदन दिन संस्थापक सेयरधनीका लागि ७ दिनको सूचना जारी गरिएको छ ।उक्त अवधिमा विद्यमान सेयरधनीले आवेदन नदिएको खण्डमा अन्य व्यक्ति तथा संस्थाले उक्त सेयर बिक्री गरिने जनाइएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com