२०८० मंसिर २३ - Sat Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २३
Sat Dec, 2023

कृषि विकास बैंकको सीइओ : पाँच जना सर्ट लिष्टिङमा

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा पाँच जना लिष्टिङमा परेका छन् । उक्त पदमा २२ जनाले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि आवेदन दिएका थिए ।

जसमध्ये ५ जनाको नाम सर्ट लिष्टिङमा परेको बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।बैंकको सञ्चालक समितिको बैठकको निर्णयअनुसार उम्मेदवारहरुको शैक्षिक योग्यता, अनुभव, उल्लेखनीय कार्य तथा व्यवसायीक कार्ययोजनाको मूल्याङ्कन गरी वर्णानुक्रमअनुसार उक्त ५ उम्मेदवारहरु सर्ट लिष्टिङ्गमा छनौट भएका हुन्।

यसरी, सर्ट लिष्टिङमा पर्नेमा क्रमशः गोविन्द गुरुङ, प्रताप सुवेदी, यज्ञ प्रसाद न्यौपाने, बद्रि गुरागाईं र विष्णुदेव यादव रहेका छन्। उनीहरुको शनिबार अन्तर्वार्ता लिइने सूचनामा जनाइएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com