२०८१ बैशाख ३१ - Mon May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३१
Mon May, 2024

विपिन जोसिको अविलम्ब विना सर्त रिहाई गरियोस् : अन्तर्राष्ट्रिय सम्बन्ध समिति

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले विपिन जोशीको विना सर्त अविलम्ब रिहाइका लागि हमास लगायत अन्तर्राष्ट्रिय सरोकारवाला समुदायलाई आग्रह गरेको छ । बिहीबार बसेको समितिको बैठकले विना सर्त विपिनको रिहाइको लागि विज्ञप्तिमार्फत आग्रह गर्ने निणर्य गरेको सभापति राजकिशोर यादवले बताए ।

उनले भने, ‘विपिन जोशीको विना शर्त अविलम्ब रिहाइका लागि हमास लगायत अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गरेका छौँ । नेपाल कुनै पनि पक्षधरता देश नरहेको र हामी जहिले पनि शान्तिको वकालत गर्ने भएकाले हाम्रो नागरिकलाई कुनै पनि कारणविना यसरी बन्धक बनाइनुहुँदैन भन्ने हाम्रो मान्यता हो ।’

त्यस्तै समितिको आगामी ६ महिनाको लागि समितिको भावि कार्ययोजना र कार्य प्राथमिकिकरण बनाउन कार्यदल गठन गरेको छ । समिति सभापति यादवको संयोजकत्वमा गठित नौ सदस्यीय कार्यलदले समितिको आगामी कार्य योजना निर्माण र प्राथमिकिकरण गर्ने यादवले जनाकारी दिए ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com