२०८१ बैशाख २८ - Fri May, 2024 -

Biz Suchana

२०८१ बैशाख २८
Fri May, 2024

अर्थतन्त्रमाथि भएको अहिलेको दवावको अन्त्य भएको छैन :  प्रधानमन्त्री दाहाल

काठमाडौ, १२ भदौ । सोचेको जस्तो अर्थतन्त्र चलायमान नभएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । आज काठमाडौंमा आयोजित उपत्यका विशेष प्रदेश समिति प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा ठूलो दवाव भएको बताएका छन् ।

प्रधानमन्त्री दाहालले भने ‘ अर्थतन्त्रमाथि भएको अहिलेको दवावको अन्त्य भएको छैन् । नेपाल अहिले पनि कतिपय सन्दर्भमा निकै ठूलो दवावमा छ । अर्थतन्त्र त्यति चलायमान भएको छैन । सरकार र सरकारको नीतिप्रति, व्यवसायीहरु ढुक्क हुन सकेका छैनन् । ’ उनले आम जनतालाई विश्वासमा लिने आवश्यकता अझै पनि बाँकी भएको बताए ।

नेपालमा पछ्याएको विकासको मोडल पनि फेल भएको प्रधानमन्त्री दाहालको भनाइ छ । उनले भने ‘ नेपालले पछ्याईरहेको विकासको मोडल अन्तर्गत १६ औं मोडलमा छौं तर यो फेल भएको मोडल हो । यसले अग्रगति दिन सकेन, देशको अर्थतन्त्रमा यसले रुपान्तरण ल्याउन सकेन । यसमा आमूल परिवर्तन आवश्यक छ । ’

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com