२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

एमालेको चियापान एक दिन पर धकेलियो

काठमाडौं, १० कार्तिक । यसअघि नै तय भएको नेकपा एमालेको चियापान एक दिन पर सरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका कारण एमालेले आफनो चियापान एक दिन पर सारेको हो । उक्त चियापान कार्यक्रम १४ गतेका लागि तय गरिएको थियो । एमालेका कार्यालय सचिव भिष्म अधिकारीका अनुसार अब सो चियापान कात्तिक १५ गते मात्रै हुनेछ ।

‘नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री कमरेड केपी शर्मा ओलीको तर्फबाट दशैं, तिहार, छठ लगायत पर्वहरुको अवसरमा १४ कात्तिक २०८० मा शुभकामना तथा आदानप्रदान तथा चियापान कार्यक्रम राखिएको यहाँहरुलाई अवगत नै छ,’ उनले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, ‘उक्त कार्यक्रम संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दे १५ कात्तिक २०८० मा आयोजना गर्ने निर्णय भएको छ ।’ उनका अनुसार सो चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ठिक १२ः १५ बजेबाट सुरु हुनेछ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com