२०८१ जेष्ठ ४ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ४
Fri May, 2024

सुनको मूल्यले कायम गर्यो नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख १६ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन हालसम्मकै उच्च हो ।

गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ३ सय रुपैयाँ कायम भएको थियो । सुनको मूल्यले गत कात्तिक १३ गते १ लाख १६ हजार ५ सय रुपैयाँ मूल्य कायम भई रकेर्ड कायम थियो । उक्त रेकर्डलाई ब्रेक गर्दै आजबाट सुनको मूल्यले नयाँ इतिहास बनाएको हो।

त्यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्यले पनि आज नयाँ रेकर्ड कायम गरेको छ । चाँदीको मूल्य प्रतितोला १४ सय ८५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदीको मूल्य १४ सय ५० रुपैयाँ कायम भएको थियो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com