२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ५
Sat May, 2024

प्रधानमन्त्री दाहाल इटाली भ्रमणमा जादै

काठमाडौं, ३ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल इटली भ्रमणमा निस्कने भएका छन् । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटलीमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन प्रधानमन्त्री दाहाल त्यसतर्फ जाने भएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहालको भ्रमण स्विकृत गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । प्रधानमन्त्री दाहालसँगै कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसाल पनि साउन ६ गते बेलुका इटली प्रस्थान गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । प्रधानमन्त्री दाहाल साउन १० गते राति स्वदेश फर्कने छन् ।

समिट जुलाइ २३ देखि २६सम्म इटालीमा हुँदैछ । त्यस्तै,मन्त्रिपरिषद्को बैठकले शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सञ्चालक समिति सदस्यमा डा.रविन मल्ललाई नियुक्त गर्ने निर्णय गरेको छ । मल्ल सोही अस्पतालमा कार्यरत छन् ।नयाँ कम्पनी दर्ता र कम्पनीको पूँजीवृद्धि गर्दा लाग्ने शुल्कमा छुट दिने मन्त्रिपरिषद् बैठकले स्विकृत गर्दै शुल्क तथा दस्तुर छुट सम्बन्धीको सूचना प्रकाशन गर्ने निर्णय गरेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com