२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ६
Sun May, 2024

एमालेका कोशीका नवनिर्वाचित अध्यक्ष खतिवडाले भने, ‘हामीसँगै सहयात्रा गर्नेछौं’

काठमाडौं, १६ असोज । नेकपा एमाले कोशी प्रदेशका नवनिर्वाचित अध्यक्ष घनश्याम खतिवडाले सँगसँगै सहयात्रा गर्ने जनाएका छन् ।प्रतिस्पर्धी बिनोद ढकालको तस्विर राख्दै खतिवडाले आफुहरु कहिल्यै फरक नभएको पनि जनाएका छन् । उनले सँगै पार्टीलाई हाँक्ने पनि उल्लेख गरेका छन् ।

‘हामी कहिले फरक थिएनौ र फरक हैनौ पनि, मात्रै पार्टी भित्रको आन्तरिक लोकतन्त्रको अभ्यासमा भाग लिएका हौ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फेरी पनि जबजको मार्गदर्शनमा समाजबादको यात्रामा जनता ,जनजीविका , राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमानका लागी ‘समृद्ध नेपाल सुखी नेपाली’ को पार्टीले लिएको मुल मन्त्र बोकेर हामी सङ्सङै सहयात्रा गर्ने छौ ।’ उनले सबै मतदाताहरुलाई हार्दिक आभार व्यक्तसमेत गरेका छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com