२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ६
Sun May, 2024

हिम पर्वत हाइड्रोपावर र अवसर इक्विटी फन्डबीच लगानी सम्झौता

काठमाडौ, २३ जेठ । अवसर इक्विटी डाइभर्सिफाइड फन्डले हिम पर्वत हाइड्रोपावर लिमिटेडसँग लगानी सम्झौता गरेको छ । दुईवटा रन अफ रिभर हाइड्रोपावर निर्माण गर्न सम्झौता गरिएको छ ।

सागु खोला–१ जलविद्युत (५.५ मेगावाट) र सागु खोला (२ मेगावाट) जलविद्युत आयोजनामा ३९ करोड ६ लाख रुपैयाँ लगानी गर्ने गरी सम्झौता गरिएको हो । दुवै आयोजनाका लागि विद्युत् खरिद सम्झौता पनि सम्पन्न भएको छ । आयोजनाबाट कुल उर्जा उत्पादन हुने अपेक्षा १४९ (जिडब्लुएच) प्रति वर्ष रहेको छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत् सिंगटी सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । यी आयोजनाहरुको व्यावसायिक सञ्चालन २०८१ चैत २९ गतेबाट हुनेछ । कोषको लगानीले आयोजना समयमै सम्पन्न गर्न सहज बनाउने छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com