२०८१ बैशाख २९ - Sat May, 2024 -

Biz Suchana

२०८१ बैशाख २९
Sat May, 2024

जुम्लादेखि मुगुतर्फ आउदै गरेको जीप दुर्घटना :  दुई जनाको मृत्यु

काठमाडौं, १७ भदौ । कर्णाली राजमार्गको नाग्म गमगढी सडकखण्डमा आज बिहान बोलेरो जिप दुर्घटनामा परेको छ ।नाग्म गमगढी सडकखण्डको जुम्लाको गोठीज्युला बजारबाट मुगुतर्फ आउँदै गरेको जिप दुर्घटनामा परेको हो ।

बिहान ६ बजेतिर मुगु तर्फ आउदै गरेको जिप जुम्लाको कनकासुन्दरी गाउँपालिका ४ छलपुनेरा भन्ने स्थानमा भे १ ज १०९९ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।जिप सडकबाट करिब ३ सय मिटर तल खसेको र जिपमा २ जना मात्र सवार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

कार्यालयका अनुसार दुर्घटना परी मुगुका दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमै चालक र सहचालक दुवैको मृत्यु भएको छ भने मृतकको पहिचान खुलेको छैन ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com