२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख १७
Mon Apr, 2024

नीति तथा कार्यक्रम एकातिर र बजेट झनै अर्कोतिर फर्किएर आयो : विष्णु पौडेल

काठमाडौं,जेठ २८ गते । । नेकपा (एमाले)का सांसद एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम एकातिर, सिद्धान्त–प्राथमिकता अर्कोतिर र बजेट झनै अर्कोतिर फर्किएर आएको बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथि बोल्दै सांसद पौडेलले नीति तथा कार्यक्रममा उल्लेख गरिएका विषयमा बजेट व्यवस्था नै नभएको उनले बताए ।

पूर्व अर्थमन्त्री पौडेलले हिउँदमा ३० युनिट र वर्षा याममा ५० युनिटसम्म विद्युत् निःशुल्क उपलब्ध गराउने नीति तथा कार्यक्रमको घोषणालाई बजेटले अस्वीकार गरेको स्मरण गराएका छन् । यस्तै गेटा कलेजलाई दशरथचन्द्र मेडिकल विश्वविद्यालय बनाउने नीति तथा कार्यक्रममा राखिए पनि बजेट भने नदिइएको बताए । स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भनेर उम्किन खोजिएको उल्लेख गरेका छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com