२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

आज अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस, कोशी प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं, २४ साउन । कोशी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । विश्व आदिवासी तथा जनजाति दिवसको अवसरमा कोशी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।

संसारभरी अगष्ट ९ लाई अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको रुपमा मनाउँदै आएको बेला ‘पहिचानको आन्दोलन’ भइरहेको सो प्रदेशमा पहिलोपटक सार्बजनिक बिदा दिइएको हो ।

प्रदेश नामाकरणको विषयलाई लिएर लामो समय देखी आन्दोलनरत सो क्षेत्रको भावनाको कदर गर्दै पहिलो पटक आदिवासी तथा जनजाति दिवस दिइएको जनाईएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना प्रकाशित गरे पछि सो बिदाको जानकारी सर्बसाधारणले पाएका हुन । प्रदेश सरकारले दिएको बिदा संघीय सरकार मातहतका निकायमा पनि लागू हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।

प्रदेश सरकारले केही बिदाहरु आफु अनुसार गर्न पाउने अधिकार संघीय सरकारले छुटाएको छ । सोही आधारमा कोशी प्रदेशले आज सार्वजनिक बिदा दिएको हो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com