२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ६
Sun May, 2024

विक्की र सारा अली खानको जोडी पहिलो पटक अनस्क्रिनमा

काठमाडौ, २९ जेष्ठ । जरा हटके जरा बचके’ ले पहिलो शोबाट नै दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ । फिल्ममा पहिलो पटक विक्की र सारा अली खानको जोडी अनस्क्रिनमा देखिएका छन् र उनीहरुको केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका छन् । योसँगै फिल्मले हलमा निकै चर्चा पाइरहेको
छ ।

कमाईको कुरा गर्ने हो भने साताका दिनमा ‘जरा हटके जरा बचके’ को कलेक्शनमा कमी आएको थियो तर यो साताको अन्त्यमा फिल्मको कमाई फेरि उकालो लागेको छ ।शनिबार फिल्मको कलेक्सन बढेर ५.७६ करोडको व्यापार गरेको थियो । योसँगै ‘जरा हटके जरा बचके’ रिलिजको १० औं दिनको प्रारम्भिक तथ्यांक पनि बाहिर आएको छ ।

अर्ली ट्रेंडको प्रारम्भिक ट्रेन्ड रिपोर्ट अनुसार, ‘जरा हटके जरा बचके’ ले रिलिजको दशौं दिन अर्थात आइतबार ६।७५ करोडको ग्रान्ड कलेक्सन गरेको छ । योसँगै फिल्मको कुल कमाई ५३.२८ करोड पुगेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com