२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

अविरल वर्षाका कारण पहिरो खस्दा सन्धिखर्क गोरुसिंगे सडक अवरुद्ध

काठमाडौं, १६ असार । अविरल वर्षाका कारण पहिरो झर्दा अर्घाखाँची सदरमुकाम सन्धिखर्क जोड्ने प्रमुख बाटो सन्धिखर्क गोरुसिंगे सडक अवरुद्ध भएको छ।सन्धिखर्क नगरपालिका वडा नं. ६ बहखोरमा गएराती पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

गोरुसिंगे सन्धिखर्क सडकको सन्धिखर्क ६ कै दहखोला र शितगंगा –१३ कोन्द्रेखोला नजिकै खसेको पहिरो हटाइसकिएको र बहखोरको सडकमा खसेको पहिरो पन्छाउने कार्य भइरहेको रिजालले जानकारी दिए ।

यस बाहेक विचविचमा साना ठूला पहिरोहरु झरेको र पन्छाउने क्रम जारी रहेको बुझिएको छ । सडक अवरुद्ध बनेपछि सन्धिखर्कबाट बाहिर जाने र बाहिरबाट सन्धिखर्क आउने यात्रुहरु बिच बाटोमै अलपत्र बनेका छन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com