२०८१ जेष्ठ ४ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ४
Fri May, 2024

 सदनको अवरोध खुलाउन सभामुख घिमिरे सक्रिय, कार्यव्यवस्थाको बैठक बोलाए

काठमाडौं, १६ साउन ।  सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरे सक्रिय बनेका छन् । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन संवाद गरेर उनले सदनको अवरोध अन्त्य गर्न आग्रह गरेका छन् ।

सदनको अवरोधले जनताको आवाज अवरुद्ध हुने भन्दै सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीलाई सदनको गतिरोध अन्त्य गर्न आग्रह गरेका हुन् । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँगको टेलिफोन संवादपछि सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । उनले बानेश्वरमा आज मध्यान्ह १२ बजे बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

यसअघि सोमवार पनि संसद्को अवरोध अन्त्य गर्ने विषयमा सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्ड, प्रतिपक्षी दलका नेता ओली, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका थिए ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com