२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ६
Sun May, 2024

कार्यकर्तालाई एकतावद्ध भएर अघि बढ्न सभापति देउवाको निर्देशन

काठमाडौं, २७ जेठ । पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध भएर अघि बढन निर्देशन नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दिएका छन् । उनले पार्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिवद्ध रहेको समेत बताएका छन् ।

आज नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्य समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रजातन्त्रलाई संकटमा आउन नदिन पनि नेपाली काँग्रेसलाई बलियो बनाउन लाग्नुपर्ने उल्लेख गरेका छन् । सभापति देउवाले प्रजातन्त्रमाथि फेरि संकट आउन नदिने गरी काँग्रेसलाई बलियो बनाउन देशभर संगठन निर्माणको अभियान संचालन गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।

गठबन्धन बनाएर चुनाव लडेका कारणले आज आफ्नो पार्टी सबैभन्दा ठूलो पार्टी बनेको उनले बताएका छन् । उनले थप भने, ‘यहाँ केही कुराहरु उठेका छन् साथीहरु । उठाउनु पनि पर्छ । कुरा महत्वपूर्ण हुन । तर, पार्टीमा समानुपातिक प्रतिनिधित्व प्रतिनिधिसभामा हुनका लागि संविधानको संशोधन आवश्यक छ । त्यसका लागि दुई तिहाई बहुमत चाहिन्छ । त्यसका लागि सबै पार्टीहरुमा सहमती हुन जरुरी छ । यदि सहमती हुन सक्यो भने यी विचारहरु नहुने भन्ने होइन । तर, त्यसका लागि समय लाग्दछ । योग्य, जुझारु साथीहरुलाई हामीले अगाडि बढाउनु पर्छ । त्यसमा लाग्ने कुरा प्रतिवद्धता जनाउन चाहन्छु । हामी सबै एक भएर जाऊ ।’

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com