२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

शेयर बजारलाई स्वस्थकर बनाउन आवश्यक छ : अर्थमन्त्री महत

काठमाडौ, १५ असोज ।  शेयर बजारलाई स्वस्थकर बनाउन आवश्यक भएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । सोमबार काठमाडौंमा आयोजित धितोपत्र बजारको पूर्वाधार, उपकरण, लगानीकर्ताको व्यवहार र बजार स्थायित्व कार्यक्रममा उनले साना आम बचतकर्ताहरुको लगानी सुरक्षित गर्नुपर्ने बताए ।

‘शेयर बजारलाई स्वस्थकर बनाउन जरुरी छ । आम लगानीकर्ता साना साना बचतकर्ताहरु छन् । उहाँहरुको लगानी सुरक्षित गर्न आवश्यक छ’ उनले भने ।उनले यससम्बन्धी नियम कानुन अपुरो भएको भन्दै र त्यसलाई पूर्णता दिने काम भइरहेको बताए । पहिलेको तुलनामा ब्रोकरहरु बढेको कारणले प्रतिस्पर्धाको सुरुवात गर्न पर्ने आवश्यकता देखिएको उनको भनाई छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com