२०८० चैत्र २९ - Thu Apr, 2024 -

Biz Suchana

२०८० चैत्र २९
Thu Apr, 2024

कोशी प्रदेशका ४ स्थानमा नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौ, २२ जेठ । कोशी प्रदेशका ४ स्थानमा नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सम्पन्न भएको छ । २०० भन्दा बढीको सहभागीतामा कोशी प्रदेशका ४ ठाउँमा नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सम्पन्न भएको हो ।

साक्षरता कार्यक्रम विराटनगरको हिमालय दर्शन, इटहरीको कोशी कलेज, विराटचोकको सुकुना कलेज र उर्लाबारीको जय वशिष्ट रिसोर्टमा आयोजना भएको थियो ।

कार्यक्रममा प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि, स्थानीय बासिन्दा, कर्मचारी, व्यवसायी, शिक्षक, विद्यार्थी लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो । राष्ट्रिय सूचना प्रविधि केन्द्रले गत जेठ ११ गतदेखि कर्णाली प्रदेशको जुम्लाबाट नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सुरू गरेको थियो ।

नेपाल सरकारले केही वर्षअघि सरकारी सेवाहरू सजिलो, छिटो र सुरक्षित तरिकाले मोबाइलबाटै उपलब्ध गराउने उदेश्यसहित नागरिक एप प्रयोगमा ल्याएको थियो । उक्त एप सञ्चालनमा आएपनि साक्षरताको अभावमा अझै पनि धेरैले प्रयोग गरिरहेका छैनन् ।

त्यसैकारण गाउँ गाउँसम्म नागरिक चलाउन सिकाउने उद्देश्यले सातै प्रदेशमा डिजिटल साक्षरता कार्यक्रम सुरू गरिएको हो । अहिलेसम्म कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, बागमती र मधेश प्रदेशका १५ बढी ठाउँमा साक्षरता कार्यक्रम सम्पन्न भइसकेको छ ।

नागरिक एपबाट फोकल पर्सनको रूपमा केन्द्रका कम्प्युटर इन्जिनियर प्रविण चौहान र नागरिक एपका परियोजना निर्देशक सन्तोष अर्यालले प्रस्तुती तथा नागरिक एप सम्बन्धि उठेका जिज्ञासालाई सम्बोधन गरिरहेका छन् ।

नागरिक एप सम्बन्धि डिजिटल कार्यक्रमको समापन जेठ २६ गते गण्डकी प्रदेशको पोखरामा हुनेछ । अहिलेसम्म नागरिक एप २७ लाख बढीले एप डाउनलोड गरेका छन् भने ५३ बढी सेवाहरू उपलब्ध छन् ।

एन्ड्रोइड र आईओएसमा उपलब्ध एप डाउनलोड गरेर प्रयोग गर्न सबैलाई आग्रह गरिएको छ । प्रयोगकर्ताको गुनासो र अन्य सेवाहरु थप्दै यसलाई प्रभावकारी बनाउने काम भइरहेको छ ।

नागरिक एप प्रयोग गर्न आफ्नो नाममा भएको मोबाइल नम्बर अनिवार्य गरिएको छ । त्यसपछि नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र वा ड्राइभिङ लाइनसेन्सबाट खाता खोल्न सकिन्छ ।

यद्यपी नागरिकता लगायत कतिपय व्यक्तिगत विवरण गलत देखाउने समेत गरेको प्रयोगकर्ताको गुनासो छ । यसलाई सम्बोधन गर्न केन्द्रले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यलयहरुमा समन्वय गरेर विवरण सच्याउने काम गरिरहेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com