२०८१ जेष्ठ ४ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ४
Fri May, 2024

एमालेद्वारा प्रतिनिधिसभा बैठक पुनः अवरुद्ध, शुक्रवारसम्मका लागि स्थगित

काठमाडौ, २४ साउन । आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रतिनिधि सभा अवरोध गरेको छ । अवरोध पछि बैठक साउन २६ गते शुक्रवार बस्ने गरी बैठक स्थगित भएको छ । त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करीको छानविन गर्न उच्चस्तरीय छानविन समितिको माग गर्दै आएको एमालेले सोही माग अघि सार्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको हो ।

मंगलबारको बैठकमा दलीय प्रतिनिधित्वका नेताहरूले धारणा राखेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभाको बैठकमा त्यस विषयमा सरकारको धारणा राखेका थिए । तर, उपप्रधानमन्त्री श्रेष्ठले उच्चस्तरीय समिति गठनको प्रतिवद्धता नजनाएको भन्दै एमालेले बैठक अवरुद्ध गरेपछि आज दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

सभामुख देवराज घिमिरेले संसद जनताको थलो भएको बताउँदै अवरोध नगर्न एमाले सांसदहरुलाई अनुरोध गरेका थिए । उनले भने ‘ जनताको सर्वोच्च थलो हो संसद, यसलाइ अवरोध गरेर यसप्रतिको जनताको विश्वासमाथि खेलवाड गर्न हुँदैन । ’

आजको बैठकमा सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने लगायतका कार्यसूची थिए ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com