२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ५
Sat May, 2024

२३ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक

काठमाडौं। आज नेपाल राष्ट्र बैंकले २३ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले मङ्सिर ५ गते जारी गर्नेगरी २८ दिने र ९१ दिने र १८२ दिने गरी तीन किसिममा कूल २३ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।

बैंकद्धारा जारी सूचनाअनुसार कूल ट्रेजरीमध्ये ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी नयाँ जारी गरिनेछ भने बाँकी २० अर्ब २३ करोड ३२ लाख रुपैयाँ पुरानै ट्रेजरी नवीकरण गरिनेछ । २८ दिने ट्रेजरीका लागि ८ अर्ब रुपैयाँ छुट्टाएको छ भने ९१ दिनेका लागि ७ अर्ब २३ करोड ३२ लाख रुपैयाँ र १८२ दिनेका लागि ८ अर्ब रुपैयाँ छुट्याइएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल खरिदका लागि आज दिउँसो २ बजेसम्म आवेदन दिन सक्नेछन् । ट्रेजरी बिक्री भने मंगलबार अर्थात् मङ्सिर ५ गते हुनेछ । यसअघि केन्द्रीय बैंकले कात्तिक २४ गते १७ अर्ब ८५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गरेको थियो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com