२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

एकै परिवारका चार जनाको शव फेला

काठमाडौं । मुगुको छाँयानाथ रारा नगरपालिका ४ मन्दु गाउँमा एकै घरका चार जनाको शव फेला परेको छ । उनीहरुको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा स्थानीयले आज आफ्नै घरभित्र शव फेला पारेका छन् ।

हत्या हुनेमा २६ वर्षीया श्री देवी बोहरा उनका दुई छोरा ११ वर्षीय मनोज बोहरा, १ वर्षीय रहर बोहरा र ७ वर्षीया छोरी अप्सरा बोहरा रहेकी छन् । स्थानीयका अनुसार दशैँ मानाउँन माइती गएकी श्रीदेवि बोहरा र उनका तीन सन्तान ८ गते नै घर फर्किएका थिए । तर, उनको घरमा ताल्चा लगाएको थियो । उनीहरु घर फर्किएपनि बाहिरबाट घरमा ताल्चा लगाएको पाइएपछि आज बिहान स्थानीय खोजि गर्दा चार जनाकै शव घरभित्रै पाइएको हो ।उनीहरुको हत्या कार्तिक ८ गते राती नै भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

उक्त घटना कसरी भयो र कसले ग¥यो भन्ने बिषयमा जिल्ला प्रहरी कार्यलय मुगुले अनुसन्धान गरिहरेको छ । जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी प्रमुख विरेन्द्र थापाले धारीलो हतियार प्रहार गरी उनीहरुको हत्या गरेको अवस्थामा शव पाइएको जानकारी गराए । मृतक श्रीदेवी बोहराका श्रीमान दिपक बोहरा भने हाल वैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहेका छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com